र्‍याडिसन होटलको ‘ज्योतीको पाइला’ मा विद्यार्थीहरुलाई होटल व्यवसाय बारे जानकारी

0
Shares

र्‍याडिसन होटलले खोटाङ स्थित जलपामा रहेको ज्योती सेकेण्डरी स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई होटल व्यवसायबारे जानकारी गराएको छ । होटलले समाजिक उत्तरदायीत्व अन्तर्गत ज्योती स्कुल विद्यार्थीलाई स्थलगत भ्रमण गराई यस क्षेत्रका बारेमा प्रशिक्षण दिएको हो ।

होटलले स्कुलका ४० जना विद्यार्थीलाई आफ्नै होटलमा ल्याई होटल व्यवसाय र यस क्षेत्रको विषयमा जानकारी गराएको छ । होटलले करिब ३ घण्टा होटल र होटल भित्रका विभिन्न पक्षहरुका साथै खाना सम्बन्धी जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजेबाट करिब २ बजेसम्म चलेको सो कार्यक्रममा विद्यार्थीलाई चार जनाको टीममा बाँडफाँड गरेर होटल कस्तो हुन्छ, रेष्टुरेन्ट, स्विमिङ, फिटनेस सेन्टर ,चेक इन, चेक आउट गर्दाको प्रक्रिया लगायतका विषयहरुको जानकारी दिइएको थियो ।

कार्यक्रममा विद्यार्थीलाई आफ्नो खाना आफैँ बनाउन समेत लगाइएको थियो । टिम अनुसार होटलका सेफहरुले फिस एण्ड चिप्स, पनिर काइरोल, भेजिटेवल वर्गर, चिकेन वर्गर जस्ता परिकार पकाउने प्रशिक्षण समेत दिएको होटलले जनाएको छ ।

कार्यक्रममा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले आफ्नो व्यवसाय, आय आर्जन र आफ्नो मिस नेपालको करिअर बारेमा जानकारी गराएकी थिईन ।

 

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।