काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से घटेको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा कायम भएको हो ।
मंगलबार सेयरबजारमा ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४८ हजार ११६ पटकमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज ८० कम्पनीको सेयर बढ्दा १७७ कम्पनीको सेयर घटेको छ भने १५ कम्पनीको सेयर स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज सेयरबजारमा सूचीकृत समूहमध्ये म्युचुअल फण्ड तथा व्यापार समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।
सबैभन्दा धेरै वित्त समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको छ । सोपान फर्मास्युटिकल्स्, एपोलो हाइड्रोपावर तथा दोल्ती पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था तथा एनआईएमबी डेभेन्चरमा लगानीकर्ता रहेका छन् ।












प्रतिक्रिया