
प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेज र इटहरीमा करिब २०० जनालाई शेयरबजार सम्बन्धी प्राविधिक विश्लेषण वर्कसप तथा तालिम तथा आधारभुत तालीम दिएको छ ।
२०७७ चैत्र २१ गते आयोजना भएको राजधानी कलेजमा एमबिएमा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम तथा इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
राजधानी कलेजमा सञ्चालित वर्कसप तथा तालिम कार्यक्रममा कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरु र इटहरी स्थित दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा धेरै सहभागीहरुको सहभागिता रहेको थियो ।
क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपाल, प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राज बजगाईं तथा अशोस सिटौलाले प्रदान गरेका थिए ।
तालिममा शेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रभु क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम
प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
चैत्र २० गते शुक्रबार तालिम कार्यक्रम सम्पन्न भएको हो । तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिम कार्यक्रम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रदान गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया