नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता शेयर बिक्रीमा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBFBS) ले ८० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर चैत ३१ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

लघुवित्तले न्यूनतम मूल्य १ हजार ६०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरीद गर्न सक्नेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

जसअनुसार उक्त शेयरहरू इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म खरीद गर्न सक्नेछन् ।

लघुवित्तको साधारण शेयर धितोपत्रको दोस्रो बजारमा ३ हजार ११२ रुपैयाँमा कारोबार भैरहेको छ ।

उक्त शेयर खरीदका लागि बिक्री प्रबन्धकको एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट मार्फत शिलबन्दी बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ ।

उक्त शेयरको खरीदका लागि न्यूनतम मूल्य १ हजार ६०० वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।