काठमाडौँ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि ५०० रुपैयाँ दरको नयाँ नोटहरू प्रचलनमा ल्याएको छ । विभागले साविककै आकार तथा रङ्गमा नयाँ नोट ल्याएको हो ।
संकेत नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म भएका ५०० दरको नयाँ नोट प्रचलनमा ल्याएको हो । नोटमा गभर्नर प्रा।डा विश्वनाथ पौडेलको हस्ताक्षर गरेका छन् ।
यसअघि २०७८ साल पुस ९ गतेदेखि रुपैयाँ ५०० दरको बैंकनोट संकेत नम्बर छ/३८ ०००००१ देखि झ/४२ ९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएकोमा संकेत नम्बर छ/३८ ०००००१ देखि झ/३७ २४८००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।










प्रतिक्रिया