नेशनल हाईड्रोको जगेडा कोष अझै साढे ४० करोड ऋणात्मक

0
Shares

नेशनल हाईड्रोपावर कम्पनीले गत आर्थिक वर्षमा ९१ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । हालसम्म कम्पनीको जगेडा कोष ४० करोड ५२ लाख रुपैयाँ ऋणात्मक छ।

अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १४ लाख ६७ हजार खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले विद्युत बिक्री गरेर ४ करोड ६३ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको दीर्घकालिन ऋण १० करोड ७५ लाख रुपैयाँ छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ छ । नाफा बढ्दा प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसाबाट ३ रुपैयाँ २२ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ७६ पैसा र मुल्य आम्दानी अनुपात १९.८६ गुणा बढी रहेको छ।