नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः प्रधान

0
Shares

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान विजयी भएका हुन् । साधारण सभा २० र २१ गते भएको थियो । निर्वाचनमा प्रधानले ३०२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए । विजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् ।

अन्य पदहरुमा प्रधान समुहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका थिए । आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालनको लागि लाइसेन्स दिँदा वैज्ञानिक आधारमा दिनुपर्ने विषयमा एसोसियसनले काम गर्ने बताए ।

त्यसैगरी निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतिय स्टेशन विस्तारको लागि पहल गर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ३ बैशाख देखी मुलुकभर विद्युतिय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यसको लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।