मेटलाइफ नेपालद्वारा “क्रिटिकल इलनेस प्लस” राइडर सार्वजनिक


काठमाडौँ । मेटलाइफ नेपालले “क्रिटिकल इलनेस प्लस” नामक नयाँ राइडर सार्वजनिक गरेको छ, जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्य राख्छ। यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसले अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत सम्बोधन गर्दछ ।

क्रिटिकल इलनेस प्लसलाई किफायती र सहज बनाउन डिजाइन गरिएको छ । छुट्टै बीमा योजना आवश्यक नपर्ने यस राइडरलाई योग्य व्यक्तिगत बीमा योजनासँग सहज रूपमा जोड्न सकिन्छ । यसले निर्दिष्ट गम्भीर अवस्थाको क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजो रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपण लगायत ११ वटा प्रमुख गम्भीर रोगहरूमा सुरक्षा प्रदान गर्दछ । बीमा सम्झौताअनुसार रोगको पुष्टि भएपछि लाभ रकम तुरुन्त भुक्तानी गरिने भएकाले बीमित व्यक्तिले आर्थिक चिन्ताभन्दा आफ्नो उपचार र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्न सक्नेछन् ।

क्रिटिकल इलनेस प्लसको एकमुष्ट भुक्तानी सुविधाले केवल खर्च फिर्ता गर्ने स्वास्थ्य बीमाभन्दा बढी लचिलोपन प्रदान गर्दछ । ग्राहकहरूले प्राप्त रकम उन्नत चिकित्सा उपचार, विदेशमा उपचार, घरायसी खर्च वा अन्य आर्थिक दायित्वहरू पूरा गर्न प्रयोग गर्न सक्नेछन् । यसले लामो तथा अनिश्चित उपचार अवधिमा भरपर्दो आर्थिक सुरक्षा जालको रूपमा काम गर्नेछ ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  १५ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।