आइतबार स्थीर बनेको सुनचाँदीको भाउ सोमबार घट्यो

0
Shares

नेपाली बजारमा आइतबार स्थीर बनेको सुनचाँदीको मूल्य सोमबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले आरोलो लागेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोल ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ, तेजावी ८६ हजार ९५० रुपैयाँ र चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।