कृषि विकास बैंकको संचालक सदस्यमा दिर्घराज मैनाली नियूक्त

0
Shares

नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका छन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दिर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराए ।

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के) संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।