काठमाडौँ । नेपालको यातायात क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै फोटोन ब्रान्डलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ।
आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्सियल सवारीसाधन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत फोटोन उक्त सम्मानबाट सम्मानित भएको हो।
एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले एक समारोहबीच अवार्ड ग्रहण गरेका थिए। कम्पनीका अनुसार यो सम्मानले नेपालमा स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणाली प्रवर्द्धन गर्ने फोटोनको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
हालसम्म नेपालभर २ हजारभन्दा बढी फोटोन सवारीसाधन सञ्चालनमा रहेका छन्। फोटोनका ट्रक, भ्यान तथा विद्युतीय कमर्सियल सवारीसाधनले व्यावसायिक यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
अवार्ड प्राप्तिपछि कम्पनीले विद्युतीय मोबिलिटी, ऊर्जा–दक्ष प्रविधि तथा दिगो यातायात समाधान विस्तारमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।










प्रतिक्रिया