सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड


काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको छ।

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित उक्त कार्यक्रममा निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

जीवन बीमा क्षेत्रमा पुर्‍याएको योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रतिको प्रतिबद्धताको कदरस्वरूप सानिमा रिलायन्स लाइफलाई उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रियालाई थप सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा विशेष ध्यान दिँदै आएको छ। हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

५ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता आबद्ध छन्। कम्पनीले आफूलाई नेपालको अग्रणी तथा भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।