नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज (आइतबार) सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ ।

बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिहरूमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्घि गर्नु रहेको बैंकले जनाएको छ । कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले यस्तो पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पु¥याउने विश्वास लिएको छ ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।