पीपीए सम्पन्न भएका निर्माणाधीन आयोजनालाई ७ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन


काठमाडौँ । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएका निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई सात दिनभित्र आफ्नो प्रगति विवरण पेश गर्न निर्देशन दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले सार्वजनिक सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको हो ।

विभागले तोकिएको समयसीमाभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीए सम्झौतामा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यो कदम निर्माणाधीन जलविद्युत् आयोजनाहरूको वास्तविक अवस्था अद्यावधिक गर्ने, निर्माण प्रगतिको मूल्यांकन गर्ने तथा देखिएका समस्या पहिचान गरी समाधान प्रक्रिया अघि बढाउने उद्देश्यले लिइएको हो।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।