तोलामा १४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १८१.५ अमेरिकी डलर र चाँदी ६५.५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।