माट्रिका आँखा केन्द्रद्वारा ३३७ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया


काठमाडौँ । माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा ३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । तीन चरणमा गरिएको शिविरबाट करिब पाँच हजारभन्दा धेरै आँखाका बिरामीहरु लाभान्वित भएका हुन् ।

शिविरको क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी पनि निशुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

पहिलो चरणमा काभ्रेपाल्चोकको नवबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना,सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना विरामी लाभान्वित भएका छन् । त्यस्तै गरी साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीम सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन् ।

गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । त्यस्तै दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट १०८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

जसमा काठमाडौ महानगर १८ नरदेविमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना,भक्तपुरमा भएकोमा १५ जना र मैतिदेविमा भएको शिविरमा १२ जना गरी १०८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । त्यसैगरी तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने ७५ जना विरामी लाभान्वित भएका छन् । जसमा ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका छन् ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।