काठमाडौँ । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका थिए।
यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई छिटो सेवा प्रदान गर्न आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डरजारी गरिनेछ। यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुनेछ।
यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्रदान गर्दै प्रक्रिया छरितो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत आधुनिक जेसीबी उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।










प्रतिक्रिया