काठमाडौँ । काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (आषाढ १० गते, बुधबार) देखि पुनः सञ्चालनमा आउने भएको छ।
जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि बन्द रहेको स्टोर अबदेखि नियमित रूपमा दैनिक सेवा दिने तयारीमा रहेको कम्पनीले जनाएको छ।
स्टोरले भोलिदेखि उपभोक्तालाई नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिएका छन् ।
उनले ग्राहकको सुविधा र सहज पहुँचलाई ध्यानमा राख्दै स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको बताए ।
कम्पनीले आधुनिक सुविधा र गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम रहेको पनि स्पष्ट पारेको छ।
ग्राहकहरूको आवश्यकता अनुसार सेवा सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताइएको छ।
स्टोर पुनः संचालनको अवसरमा सम्पूर्ण सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै सुपर स्टोरले आगामी दिनहरूमा समेत सबैको साथ रहने अपेक्षा गरेको छ ।










प्रतिक्रिया