काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिनासम्म जीवन बीमा कम्पनीहरुको नाफा १२.६२ प्रतिशतले बढेको छ ।
साउनदेखि जेठसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ भित्र्याएका थिए ।
समीक्षा अवधिसम्म नेपाल लाइफले सबैभन्दा धेरै व्यपार भित्र्याएको छ । नेपाल लाइफले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
गत आर्थिक वर्षको जेठसम्म कम्पनीले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.५३ प्रतिशतले बढेको छ ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । उक्त कम्पनीको व्यापार १७.४९ प्रतिशतले बढेको छ ।
यो कम्पनीले जेठसम्म २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) धेरै व्यापार भित्र्याउने हिसाबले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ७.२० प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष जेठसम्म कम्पनीले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यसैगरी हिमालयन लाइफले १५ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड ५० लाख रुपैयाँ, एसियन लाइफले ८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ र सिटिजन लाइफले ७ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै चालु वर्षको जेठसम्म सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ६ अर्ब १७ करोड ५९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब १० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड ७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३३ लाख रुपैयाँ र सन् नेपाल लाइफले ३ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।










प्रतिक्रिया