रुपन्देही । स्थानीय प्रविधि क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र रेडियन्ट कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
साझेदारीको मुख्य उद्देश्य परम्परागत शैक्षिक अध्यापन र द्रुत गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योगको आवश्यकता बीचको दूरीलाई कम गर्नु कम्पनीले जनाएको छ ।
रेडियन्ट कलेजको बलियो शैक्षिक जग र लुम्बिनी टेकको व्यावहारिक उद्योग अनुभवलाई एकीकृत गर्दै यो पहलले स्थानीय युवाहरूलाई सशक्त बनाउने, लुम्बिनी प्रदेशमा दक्ष आईटी जनशक्ति निर्माण गर्ने र विद्यार्थीहरूलाई डिजिटल युग सुहाउँदो सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
सहकार्यका मुख्य बुँदाहरू :
सम्झौता मुख्यतया सैद्धान्तिक शिक्षाबाट व्यावहारिक र परियोजना आधारित सिकाइतर्फ केन्द्रित हुनुका साथै प्रोफोसनल पाठ्यक्रम परिमार्जनमा सूचना प्रविधि उद्योगको माग अनुसार आर्टिफिसियल इन्टेलिजेन्स, डाटा साइन्स र सफ्टवेयर इन्जिनियरिङ जस्ता आधुनिक प्रविधिहरूलाई शैक्षिक पाठ्यक्रममा समावेश गरिने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
लुम्बिनी टेकले विद्यार्थीहरूका लागि इन्टर्नशिपको व्यवस्था गर्नेछ र उनीहरूलाई वास्तविक व्यावसायिक तथा सामुदायिक प्राविधिक परियोजनाहरूमा प्रत्यक्ष संलग्न गरानुका साथै अत्याधुनिक सफ्टवेयर र एआई ल्याबको विकास र सञ्चालनमा प्राविधिक सहकार्य गरिने जनाएको छ।
कर्पोरेट क्षेत्रका विज्ञहरूद्वारा कलेजमा विशेष कक्षा सञ्चालन गरिनेछ र प्राध्यापकहरूका लागि बजारको माग अनुरूप संकाय विकास कार्यक्रमहरू आयोजना गर्ने र उत्कृष्ट, नवीन सोच भएका र जेहेन्दार विद्यार्थीहरूका लागि विशेष आर्थिक अनुदान र छात्रवृत्तिको व्यवस्था रहेको छ ।










प्रतिक्रिया