जनरल इन्स्योरेन्स (GIC) को नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए । सोही बैठकले विशेषज्ञ स्वतन्त्र संचालक पदमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ ।
साथै, उक्त मितिमा सम्पन्न भएको संचालक समितिको बैठकले कम्पनीका संचालक शशिराज बज्राचार्यको राजीनामा स्वीकृत गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया