काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार पनि गिरावट आएको छ । यो साता लागेसँगै घटेको नेप्से आज अन्तिम दिन पनि घटेको हो । शुक्रबार नेप्से परिसूचक २.०० अंकले घटेर २६४९.५१ अंकमा झरेको हो ।
शुक्रबार कारोबार रकममा भने वृद्धि भएको छ । बिहीबार २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँ कारोबार भएको हो ।
शुक्रबारको कारोबारमा ३५९ कम्पनीको ७७ लाख २७ हजार ६५९ कित्ता सेयर ३९ हजार ५४६ पटक किनबेच भएको हो । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने २० कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
आज स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरका सेयर मूल्य १५ प्रतिशतले बढेका छन् । यता कालिका लघुवित्तको सेयर मूल्य १०.७६ प्रतिशतले, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.४५ प्रतिशतले र एनआइसी एसिया ऋणपत्रको ४.८६ प्रतिशतले घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डेभेन्चर ८६/८७ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३३ करोड १६ लाख ५७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक डेभेन्चर ८४/८५ को २८ करोड ५७ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने नेपाल बैंक डेभेन्चरको २२ करोड ३४ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।










प्रतिक्रिया