अब सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन दिन सकिने


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङमार्फत ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गतको एसआईपी आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सुविधामार्फत ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा एसआईपी आवेदन दर्ता गरी नियमित लगानी सुरु गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस सेवाले आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनुका साथै लगानीकर्तालाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित तथा दीर्घकालीन लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै यसअघि भर्चुअल क्रेडिट कार्ड, ‘सिटिजन्स जेन–जी बचत खाता’, ‘सिटिजन्स डिजी बैंक सेवा’, फ्रिलान्सर बचत खाता, मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सीआरएन सेवा, साथै क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याइसकेको जनाएको छ।

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।