काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्यमा गिरावट आएको हो ।
साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा ८ हजार २०० रुपैयाँले घटेको हो । गत साता पनि सुनको मूल्यमा गिरावट आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा पुगेको थियो ।
त्यसैगरी, सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको थियो । सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार भने सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, बुधबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । बुधबार सुन तोलामा ३ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्यमा उच्च गिरावट आएको थियो । बिहीबार एकैदिन सुन तोलामा ५ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनमा सामान्य वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै मूल्यमा उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा ५१० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन तोलामा २५० रुपैयाँले घटेर प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार १८० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।










प्रतिक्रिया