बढ्दो गर्मीलाई लक्षित गर्दै सीजीले ल्यायो आधुनिक एयर कुलर


काठमाडौँ । बढ्दो तापक्रम र एल निनोको प्रभावका कारण यस वर्ष गर्मी उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ। यसलाई सहज गर्न सीजी ब्रान्डले उच्च कार्यक्षमताका एयर कुलरको सिरिज नेपाली बजारमा उपलब्ध गराएको छ ।
ती एयर कुलर अत्यधिक गर्मीमा प्रभावकारी शीतलता प्रदान गर्न तथा कम विद्युत् खपतमा उत्कृष्ट कार्यसम्पादन गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, लगातार बढ्दो गर्मी र सम्भावित भोल्टेज उतारचढावलाई ध्यानमा राखेर एयर कुलर तयार गरिएको छ । खुला तथा अर्ध–खुला स्थानमा तत्काल चिसोपन उपलब्ध गराउने यी कुलर गर्मी मौसमका लागि भरपर्दो विकल्प हुने कम्पनीको दाबी छ ।

कम्पनीले ग्राहकको आवश्यकताअनुसार विभिन्न मोडेल बजारमा ल्याएको छ । डेजर्ट कुलर ठूला तथा खुला स्थानका लागि उपयुक्त रहेको छ । टावर कुलर कम ठाउँ ओगट्ने आकर्षक डिजाइनसहित उपलब्ध छ । त्यसैगरी, साना कोठा तथा व्यक्तिगत प्रयोगका लागि पर्सनल कुलर र झ्यालमा जडान गर्न मिल्ने विन्डो कुलर पनि बजारमा उपलब्ध छन् ।

सीजीका एयर कुलरमा आधुनिक हनीकम्ब कुलिङ प्याड प्रयोग गरिएको छ । यसले पानी लामो समयसम्म कायम राख्दै तातो हावालाई प्रभावकारी रूपमा चिसो बनाउँने कम्पनीले जानकारी दिएको छ ।

आइस च्याम्बर प्रविधिका कारण थप चिसोपन प्राप्त हुने कम्पनीले जनाएको छ । साथै, यी कुलर कम विद्युत् खपत गर्ने, इन्भर्टरमा पनि सहज रूपमा सञ्चालन हुने तथा अटोमेटिक लुभर्स प्रणालीमार्फत कोठाभर समान रूपमा हावा प्रवाह गर्ने विशेषतासहित उपलब्ध रहेको कम्पनीको दाबी छ ।

‘एक्सपिरियन्स लाइफ विथ सीजी’ नाराअनुसार कम्पनीले बढ्दो गर्मीको मौसममा पनि आधुनिक प्रविधिसहितका भरपर्दो घरेलु उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सीजीका यी एयर कुलर देशभर रहेका २१ वटा सीजी डिजिटल सोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीका आधिकारिक अनलाइन माध्यमबाट खरिद गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।