नबिल बैंकको “नयाँ रहर, नयाँ अफर” सार्वजनिक

0
Shares

नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा “नयाँ रहर, नयाँ अफर” नामक क्यास ब्याक अफर ल्याएको छ ।

बैंकले दराज संगको साझेदारीमा यहि चैत २९ गते देखि २०७८ वैशाख ७ गते सम्मका लागि यो अफर ल्याएको हो ।

जसमा नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५% छुट वा अधिकतम एक हजार क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २०% छुट वा अधिकतम एक हजार ५ सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत यो अफरको लाभ लिन सकिनेछ ।

नबिलले हाल ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुे बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।