आइपिओ निष्काशन गर्दै तुँदी पावर कम्पनी, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौँ । तुँदी पावर कम्पनी लिमिटेडले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १ करोड कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
आइपिओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा तुँदी पावरका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

तुँदी पावर कम्पनीले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरि चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी २०८२ साउन २० गतेबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजनाहरु सञ्चालनमा रहेको छ ।

यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।