रोकिएन नेप्सेको ओरालो यात्रा, लगातार ७ दिन घट्यो सूचक


काठमाडौँ । सेयरबजार परिसूचक नेप्से लगातार ओरालो यात्रामा रहेकाे छ। पछिल्ला छ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ ।

मंगलबार बजारमा ३६५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३५ कम्पनीका सेयरमूल्य बढ्दा २३५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

मंगलबार ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छन् । कारोबार रकम सोमबारको तुलनामा बढेको छ । सोमबार २ अर्ब ६७ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज सबै उपसूचक राताम्मे भएका छन् ।

मंगलबार स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशतले र स्वाभिमान लघुवित्तको सेयर १०.८० प्रतिशतले बढेको छ । यता टक्सार पिखुवा खोलाको सेयर मूल्य १४.०३ प्रतिशतले घटेको छ । त्यस्तै, याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य ८.२३ प्रतिशतले र सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.९० प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको आज १३ करोड ३९ लाख ४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, टक्सार पिखुवाखोला हाइड्रोको ११ करोड ३२ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने आँखुखोला हाइड्रोपावरको ९ करोड ८९ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।