जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले आगामी बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले आफ्नै केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ः०० बजेका लागि सभा बोलाएको हो । चैत २४ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ ।
यसैगरी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम, आर्थिक वर्ष २०७७÷ ७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैैशाख १० गतदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख ९ गतेसम्मका कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया