स्रोत नखुलेको १६ लाख सहित तीन पक्राउ

0
Shares

नेपाल प्रहरीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान, सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना.१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।