काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । शुक्रबार नेप्से आज ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको हो ।
शुक्रबार बजारमा ३४५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०४ कम्पनीका सेयरमूल्य बढ्दा १५९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने १४ कम्पनीको सेयर स्थिर रहेको छ ।
आज कुल ८५ लाख ८४ हजार ४०१ कत्ता सेयर ४६ हजार २३४ पटकमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँमा किनबेच भएको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
शुक्रबार सानीगढ हाइड्रो, स्नो रिभर्स, कालङ्गा हाइड्रोपावर र नेपाल फाइन्यानसको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । यता अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको ११.२१ प्रतिशतले र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.९७ प्रतिशतले घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा एग्रिकल्चर बण्ड शीर्ष स्थानमा रहेको छ । एग्रिकल्चर बण्डको आज ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, केबिएल डेभेन्चरको ३९ करोड ६४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा एनआर एन इन्फ्राइस्टक्चरको १७ करोड ५५ लाख १ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया