महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण


काठमाडौँ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व.लक्ष्मण बाबु श्रेष्ठ, स्व.हरि प्रसाद गिरि, स्व.अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व.सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रति विद्यार्थी रु। ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  ०८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।