सशस्त्रको स्लकुमा आर्थिक हिनामिनाका आरोपमा इन्स्पेक्टरसहित २ जना पक्राउ


काठमाडौँ । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा स्कुलमै कार्यरत इन्स्पेक्र तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसलगत्तै उनीहरु पक्राउ परेका हुन् ।

स्कुलको ठूलो रकम हिनामिना गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।