काठमाडौँ । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसहितको खाका तयार पारेको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भरपर्दो पर्यटनका लागि उक्त खाका तय गरेको हो ।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित दुई मुख्यभूत विषय समेट्एिको थियो ।
शासकीय सुधारको बुँदा नम्बर ७२ मा उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ्ग रुट, दोर्दी हिमाल ट्रेकिङ्ग रुटलगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने लक्ष्य राखिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यले मन्त्रालयले कार्ययोजना अनुसारको खाका तयार पार्ने काम भइसकेको बताए ।
“शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा कोशी आसपासमा चतरा र वाराह क्षेत्रको धार्मिक सम्भावनाको साथसाथै अन्य बहुआयमिक सम्भावनाको क्षेत्रको पहिचान गर्ने काम भइसकेको छ,” उनले भने, “पर्यटकीय पूर्वाधार लगायतको के के निर्माण गर्न सकिन्छ । सोबाट कसरी धेरैभन्दा धेरै लाभ प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विस्तृत समेट्एिर खाका तयार भएको हो ।”
प्रवक्ता आचार्यले अपि, सैपाल, बडीमालिका, रारालगायतका पर्यटकीय क्षेत्रमा कस्ता पर्यटकीय पूर्वाधार र गन्तव्य बनाउने विषयमा समेट्एिर आवश्यक खाका बनाउने काम सम्पन्न भइसकेको बताए । उनले भने,“अपी हिमाल जाने मार्गमा चाहिने अत्यावश्यक पर्यटकीय पूर्वाधार कस्ता बनाउने र के के आवश्यक पर्छन भन्नेलगायतका विषय समेट्एिर ल्याएका छौँ ।”
प्रवक्ता आचार्यले मन्त्रालयले बनाएको खाकामा सरकारको नीति तथा कार्यक्रम र बजेट समेत समेट्एिकाले पनि कार्यान्वयन गर्नका लागि धेरै हदसम्म सहज हुने दावी गरे। सरकारले अघि सारको शासकीय सुधार सम्बन्धि पर्यटन मन्त्रालयसँग जोडिएको अर्को महत्वपूर्ण विषय थियो
“नेपाललाई आरोग्य पर्यटनको हब बनाउने । त्यति मात्रै नभएर नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने । साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई ‘नेपाल वेलनेल इयर २०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने योजना थियो ।”










प्रतिक्रिया