काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पेस गरेका हुन्।
आफ्नो कार्यकाल बाँकी छँदै उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको विस्तृत कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
बुक बिल्डिङ मार्फत् शेयर निष्कासनका लागि सीईओ चापागाईंको नेतृत्वमा चिया विकास निगमसँग सम्झौता गरेपछि सञ्चालक समितिमार्फत सीइओ चापागाईंलाई स्पष्टीकरण सोधिएको थियो । यी दबाबका बीच सीईओ चापागाईंले राजीनामा दिएको बुझिएको छ ।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए ।
अब अर्थ मन्त्रालयले नयाँ सीईओ नियुक्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ ।










प्रतिक्रिया