दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा कायम भएको छ ।

सोमबार बजारमा ३५६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३४ कम्पनीका सेयरमूल्य बढ्दा २३९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ७५ लाख ४० हजार ४१८ कत्ता सेयर ४६ हजार २४६ पटकमा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ । शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार स्नो रिभर्स, सानीगढ हाइड्रो र कालङ्गा हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । यता थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १३.७९ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल फाइन्यान्सको ११.६४ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक डेभेन्चर शीर्ष स्थानमा रहेको छ । बैंकको आज ५३ करोड ९४ लाख ५२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइन्यान्सको १५ करोड ५७ लाख २० हजार रुपैयाँको सेयर कारोबार हुँदा एनआर एन इन्फ्राइस्टक्चरको १२ करोड ८४ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।