लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि सोही निरन्तरता कायम गरेको हो ।

आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ९०० रुपैयाँले र आज मंगलबार १ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ५५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२६.०९ अमेरिकी डलर र चाँदी ६०.८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।