२४ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोडको कारोबार


काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम भएको छ ।

मंगलबार बजारमा ३५२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २१० कम्पनीका सेयरमूल्य बढ्दा ५७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने १० कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ९५ लाख १९ हजार ४५२ कत्ता सेयर ७२ हजार २२ पटकमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँमा किनबेच भएको छ । सोमबार ३ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज सबै उपसूचकहरु हरियाली भएका छन् ।

मंगलबार कालङ्गा हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, आरबिबि फोकसको १३.८५ प्रतिशतले र सानीगढ हाइड्रोको १०.५७ प्रतिशतले बढेको छ । यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १३.७८ प्रतिशतले घटेको छ । त्यस्तै, सिटिजन्स बैंक डेभेन्चरको ७.९९ प्रतिशतले र स्नो रिभर्सको ५.१३ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा बेबिएल डेभेन्चर शीर्ष स्थानमा रहेको छ । बेबिएल डेभेन्चरको आज २० करोड ७५ लाख ८७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एग्रिकल्चर बैंक डेभेन्चरको १७ करोड ९२ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार हुँदा ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।