बुधबार पनि घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनचाँदीको मूल्यले आज पनि सोही निरन्तरता कायम गरेको हो ।

बुधबार सुन तोलामा ९०० रुपैयाँले र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२८.३९ अमेरिकी डलर र चाँदी ६०.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।