तीन महिनामा सहकारी पीडितको साढे ४ करोड बचत फिर्ता


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालू आर्थिक वर्षको वैशाखदेखि हालसम्म साढे चार करोड रुपैयाँभन्दा बढी बचत फिर्ता गरेको छ।

तीन महिनामा समितिले ४ करोड ४३ लाख ४८ हजार रूपैयाँ बराबरको बचत फिर्ता तथा मिलान गराउन सफल भएको छ ।

समितिकी निमित्त सदस्यसचिव भावना पोखरेलका अनुसार यस अवधिमा १ हजार ७५४ जना बचतकर्ताले २ करोड ६३ लाख ९० हजार रूपैयाँ फिर्ता पाएका छन् । १४१ जनाको १ करोड ७९ लाख ५७ हजार रूपैयाँ फिर्ता भएको छ । साथै, १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार रूपैयाँ ऋण असुल गरिएको छ ।

महिनागत हेर्दा वैशाखमा २ करोड ७ लाख, जेठमा १ करोड २० लाख र असारमा ९४ लाख ९७ हजार रूपैयाँ दाखिला भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी लाभ तुलसी बहुमुखी सहकारीका बचतकर्ताले पाएका छन् । जसमा १५८ जनाले २ करोड ५३ हजार रूपैयाँ फिर्ता पाएका छन् ।

संख्याका हिसाबले भने शिव शिखर सहकारीका ८६९ जना सबैभन्दा बढी लाभान्वित भएका छन् । उनीहरुले ३२ लाख ६६ हजार रूपैयाँ पाएका छन् ।
त्यस्तैगरी, लालीगुँरास, कान्तिपुर सेभिङ, कृषि विकास बहुउद्देश्यीय लगायत साना सहकारीका बचतकर्ताले पनि आआफ्नो हिस्सा फिर्ता पाएका छन् ।–१० उपयुक्त समाचार शीर्षक

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।