१९ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे


काठमाडौँ । बिहीबार सेयरबजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आज नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा कायम भएको छ ।

बिहीबार बजारमा ३६१ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४२ कम्पनीका सेयरमूल्य बढ्दा २२९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज कुल ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटकमा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ । बुधबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज सबै उपसूचकहरु राताम्मे भएका छन् ।

बिहीबार उपकार लघुवित्तको सेयर मूल्य १२.६८ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्सको ११.७६ प्रतिशतले र प्राइम डेभेन्चरको ५.६१ प्रतिशतले बढेको छ । यता बिओके डेभेन्चरको एकाई मूल्य ८.६६ प्रतिशतले घटेको छ । त्यस्तै, सालपा विकास बैंकको ८.२८ प्रतिशतले र थ्रि स्टार हाइड्रोको ७.९२ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डेभेन्चर शीर्ष स्थानमा रहेको छ । बैंकको आज ३५ करोड ५८ लाख ९२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एसबिएल डेभेन्चरको २८ करोड ६५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार हुँदा बिओके डेभेन्चरको २० करोड ८६ लाख ६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।