पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, सेयर कारोबार रोक्का


काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज भएका छन् । दुई कम्पनीको आजदेखि एकीकृत कारोबार सुरु भएको हो । यी दुई फाइनान्सहरू गाभिए पश्चात् पोखरा फाइनान्स लिमिटेडको नामबाट सयुक्त कारोबार सुरु भएको हो ।

एकीकृत कारोबार सुरु भएसँगै यी दुई फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ ।

नेप्सेले विज्ञप्ती जारी गरी धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम असार २६ गतेदेखि लागू हुने गरी दुवै फाइनान्सको सेयर कारोबार रोक्का राख्ने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।