काठमाडौँ । विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर आज (शनिबार)देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएकाे छ ।
जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत स्टोरले जनाएको छ ।










प्रतिक्रिया