शिव शिखरका थप ९६ पीडितले पाए बचत फिर्ता


काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ । शिव शिखर सहकारीका थप ९६ पीडितले बचत फिर्ता पाएका समितिले जनाएको छ ।

हालसम्म शिव शिखर सहकारीका एक हजार २१३ बचतकर्ताले रकम फिर्ता पाएका छन् । थोरै बचत भएका बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिएको समितिले जनाएको छ ।

यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर पैसा फिर्ता गरिनेछ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  ०७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।