पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य भारी रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षमा सुनको मूल्य तोलाको १२ हजार ५ सय रुपैयाँले बढेको हो ।

२०७६ साल चैत्र १० गते नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ७७ हजार रुपैयाँ, तेजावी ७६ हजार ७ सय रुपैयाँ र चाँदी ७२० रुपैयाँ कायम थियो ।
एक वर्षको अवधिका चाँदीको मूल्य पनि ५४० रुपैयाँले बढेको छ । कोरोना माहामारीका कारण गत वर्ष लकडाउन घोषणा गर्नुअघि ०७६ चैत्र १० गते सो वर्ष निर्धारण गरिएको अन्तिम मूल्य हो ।
सुनको मूल्य २०७७ सालको अन्तिम दिन सोमबारको तुलनामा आज मंगलबार सामान्य रुपमा घटेको छ । महासंघका अनुसार मंगलबार सुन तोलाको १ सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको भाउ तोलाको ८९ हजार ५ सय रुपैयाँ, तेजावी ८९ हजार ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ, तेजावी ८९ हजार १५० रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी तोलाको १५ रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुनासाथ त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गरेको महासङ्घले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया