नक्कली बैना कागज बनाएर ५० लाख ठगी गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेको प्रहरीले जनाएको छ । ठकुरीलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट शनिबार दिउँसो पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ठकुरीले नागार्जुन नगरपालिका–६ मा रहेको जग्गा बैना गरेको भन्दै प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाएर पिडितलाई ठगी गरेका थिए ।

ठकुरीलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।