जनरल इन्स्योरेन्सको कामु सीइओमा रामचन्द्र श्रेष्ठ

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियूक्त भएका छन् ।

कम्पनीको चैत ३० गते सम्पन्न सञ्चालक समितिको बैडकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुख रुपमा कार्य सञ्चालन गर्न कामु सीइओको जिम्मेवारी दिइएको कम्पनी सचिव राम्रसाद पौडेलले जानकारी दिए ।

यसअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठ श्रेष्ठ दुई महिनाअघि श्रेष्ठ जनरल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत चयन भएका थिए ।

सम्झौता अनुसार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिका साथ जनरल इन्स्योरेन्स भित्र्याइएको बुझिएको छ ।

यस अघि महाप्रबन्धक रहेका एस.के. टमोटको कार्यकाल सकिएसँगै कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । बीमा समितिले प्रमुख कार्यकारी अधिकृत रिक्त रहेका कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न निर्देशन दिँदै आएपनि अझै पनि धेरै कम्पनीले सीईओ नियुक्त गरेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।