काठमाडौँ । काठमाडौँ महानगर प्रहरी फुटपाथ व्यवस्थापनमा नदेखिँदा सुन्धार न्यूरोड क्षेत्रको फुटपाथ अस्तव्स्त देखिएको छ ।
गत बिहीबार मुगुका गणेश नेपालीले आत्मदाहा गरेसँगै महानगरपालिका प्रहरी सर्वत्र विरोध भएपछि नगर प्रहरी सडकमा आउन छाडेका हुन् ।
निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाउँदा बिहीबार गणेश नेपालीले आत्मदाह गरेका थिए । राहदानी विभाग अगाडी आत्मदाहको कोसीस गरेका नेपालीको शुक्रबार उपचारका क्रममा विर अस्पतालमा निधन भएको थियो ।
यस विषयमा शुक्रबार संसदमा कुरा उठेपछि गुहमन्त्री सुधन गुरुङले उक्त काम ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको र महानगरमा आफ्नो सरकार नभएको प्रतिक्रिया दिएका थिए । त्यसपछि सुरक्षा चुनौतीको कारण देखाएर नगर प्रहरी सडकमा आउन छाडेका हुन् । जुसले गर्दा फुटपाथ अव्यवस्थित बनेको छ ।

















प्रतिक्रिया