काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विकास बैंकहरुले ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१/०८२ को ११ महिनाको अवधिको तुलनामा भने ३१.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए । समिक्षा अवधिमा ८ वटै विकास बैंकको नाफामा सुधार भएको देखिएको छ । सो अवधिमा सबैभन्दा बढी गरिमा विकास बैंकले नाफा कमाएको छ ।
११ महिनाको अवधिमा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । जेठ मसान्तसम्मको अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४५ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३८ प्रतिशतले बढेर १ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, ज्योति विकास बैंकको नाफा ८६ प्रतिशतले बढेर ८१ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने कामना विकास बैंकको नाफा १२ प्रतिशतले बढेर ७५ करोड ५९ लाख सांग्रिला डेभलपमेन्ट बैंकको ७.८० प्रतिशतले बढेर ६० करोड ६८ लाख र महा पुगेको केन्द्रिय बैंकले जनाएको छ । यस्तै, लक्ष्मी विकास बैंकको २.२७ प्रतिशतले बढेर ५४ करोड ६५ लाख पुग्दा लुम्बिनीको नाफा सबैभन्दा कम रहेको छ ।
गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४२ प्रतिशतले बढेर पनि कम्पनीको नाफा ५२ करोड ७४ लाख रुपैयाँमा सीमित रहेको हो । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको १४ करोड ६३ लाख, मितेरी डेभलपमेन्ट बैंकको १० करोड ३५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ५ करोड ८६ लाख, कर्पोरेट डेभलमपेन्ट बैंकको २ करोड ८७ लाख रुपैयाँ नाफा रहेको छ ।










प्रतिक्रिया