काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार समिक्षा अवधीमा विप्रेषण आप्रवाह २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।










प्रतिक्रिया